चीनको एक स्कुलमा आगलागी हुदाँ १३ विद्यार्थीको मृत्यु

डिसी नेपाल
६ माघ २०८० २०:०४
24
Shares

बेइजिङ । चीनको एक स्कुलमा आगलागी हुदाँ १३ विद्यार्थीको मृत्यु भएको छ । मध्य चीनको एक बोर्डिङ स्कुलको छात्रावासमा आगलागी हुँदा १३ विद्यार्थीको मृत्यु भएको हो ।

चिनियाँ सञ्चारमाध्यमका अनुसार हेनान प्रान्तको यान्सानपु गाउँको यिङकाई विद्यालयमा आगलागी हुँदा एक विद्यार्थी घाइते भएको छन । घाइते हुनेमा प्राथमिक विद्यालय तेस्रो कक्षाका विद्यार्थी रहेको बताइएको छ । ती सबै नौ र १० वर्षका एउटै कक्षामा अध्ययनरत विद्यार्थी रहेको हेबेई डेलीले जनाएको छ ।

अधिकारीहरूले सो आगलागीको कारणको अनुसन्धान गरिरहेको र  विद्यालयका प्रमुखलाई हिरासतमा लिइएको छ । चाइना नेशनल रेडियोले विद्यालयको छात्रावासको भवनका केही झ्यालहरू भाँचिएको र प्रहरीले नजिकैको इलाकालाई घेराबन्दी गरेको तस्बिरहरू प्रकाशित गरेको बताएको छ। करिब एक करोड जनसंख्या भएको सहर नान्याङको बाहिरी भागमा रहेको यान्सापु गाउँमा यो घटना भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *