बलात्कारका फरार आरोपीलाई राम मन्दिर प्राण प्रतिष्ठाको आधिकारिक निमन्त्रणा !

डिसी नेपाल
८ माघ २०८० १२:२३
1.7k
Shares

काठमाडौं । यौन हिंसा र बलात्कार मुद्दामा फरार स्वघोषित गुरु नित्यानन्दले जनवरी २२ मा अयोध्यामा हुन लागेको राममन्दिर प्राण प्रतिष्ठा कार्यक्रममा निम्तो पाएको दाबी गरेका छन् ।

“आधिकारिक रूपमा आमन्त्रित गरिएको छ र नित्यानन्द कार्यक्रममा उपस्थित हुनेछन्,” उनको सोशल मिडिया ह्यान्डलमा दावी गरेको छ।

यस पोस्टसँग अर्को एक पोस्टर पनि सेयर गरिएको छ, जसमा अयोध्या राम मन्दिर प्राण प्रतिष्ठा उत्सव दुई दिनसम्म मनाउन आह्वान गरिएको छ।

नित्यानन्द २०१९ मा भारतबाट फरार भए र सोही वर्ष युनाइटेड स्टेट अफ कैलाश (युएसके) नामक काल्पनिक देश स्थापना गरेको दाबी गरे।

उनको एक महिला भक्तले नित्यानन्दले सन् २०१० मा आफूलाई बलात्कार गरेको आरोप लगाएकी थिइन् ।

यसपछि नित्यानन्द केही समयका लागि पक्राउ परे । पछि उनी धरौटीमा रिहा भए । उनीविरुद्ध सन् २०१८ मा आरोपपत्र दायर गरिएको थियो ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *