घलेम्दी हाइड्रोपावरको आजदेखि सेयर लिलामी बिक्री खुला

डिसी नेपाल
९ माघ २०८० ७:५९
80
Shares

काठमाडौं। घलेम्दी हाइड्रोपावरले आजदेखि सेयर लिलामीमा बिक्री खुला भएको छ। कम्पनीले ३२ लाख १७ हजार ७२४ कित्ता सेयर बिक्रीमा ल्याएको हो। सर्वसाधारण समूहको लागि उक्त सेयर बिक्रीमा ल्याएको छ।

यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ। कम्पनीको उक्त सेयरमा आवेदन दिने अन्तिम म्याद माघ २३ गतेसम्म रहेको छ। यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ।

यसअघि कम्पनीले गत मंसिर १० गतेदेखि पुस १६ गतेसम्म २०० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो।

जसमध्ये सर्वसाधारण समूहलाई छुट्याईएको १ करोड १० लाख कित्ता हकप्रद सेयरमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो। सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *