गायिका रचना रिमाल सवार स्कार्पियो दुर्घटना
काठमाडौं । गायिका रचना रिमाल आइतबार सवारी दुर्घटनामा परेकी छन्।
नेपालगन्जबाट दाङको लमही महोत्सवका निम्ति हिँडेकी रिमाल सवार बा१६च ८३४३ नम्बरको स्कार्पियो जीपलाई वाग्मती प्रदेश ०३–०१ ख २११८ नम्बरको ट्रकले बाँकेको टिस्टानजिकै ठक्कर दिएको हो।
रिमालको अवस्था सामान्य रहेको जनाइएको छ। दुर्घटनाका कारण आज उनी महोत्सवमा भने उपस्थित हुन सकेका छैनन्।
उनले दुर्घटनाबारे फेसबुकमार्फत जानकारी गराएकी छन्। भोलि महोत्सवमा आफ्नो प्रस्तुति रहने जनाएकी छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment