कालोसूचीमा परे २२ ठेकेदार कम्पनी
काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले २२ निर्माण व्यवसायीहरूलाई कालोसूचीमा राखेको छ। कार्यालयले आज एक सूचना जारी गरी ठेक्का लिएर समयमै निर्माण सम्पन्न नगर्ने २२ कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ।
कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन्।
कालोसूचीमा परेका आपूर्तिकर्ताहरुमा श्री लोहनी एण्ड ब्रदर्स प्रालि चितवन, श्री जेजे विल्डर्स बाँके, श्री सर्मिला निर्माण सेवा, कालीकोट, श्री ओम गौरीशंकर इन्फास्ट्रक्चर प्राली लगायत छन्। ती कम्पनीहरूलाई न्यूनतम ६ महिनादेखि ३ वर्षसम्म कालोसूचीमा राखिने उल्लेख गरिएको छ।
कालोसूचीमा परेका कम्पनीहरू

No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment