ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवकको मृत्यु

डिसी नेपाल
१९ माघ २०८० १०:३४
232
Shares

हेटौँडा। मकवानपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ ।

मनहरी गाउँपालिका–६, सुनादेवी मन्दिरअगाडि बिहीबार राति ना७ख १७९६ नम्बरको ट्रकले बागमती प्र।०६ ००१ प ४५३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक चितवनको माडी नगरपालिका–१२ का २० वर्षीय कोरेस चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उक्त ट्रक र चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *