डडेलधुरामा अटो दुर्घटना, दुई जना घाइते

डिसी नेपाल
२१ माघ २०८० २१:५३
76
Shares

डडेलधुरा। डडेलधुरामा अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका छन्। अमरगढी नगरपालिका–८ कुकुल्लेकमा आइतबार बेलुकी साढे ५ बजेतिर सुपप्र ६०६४ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा दुई जना घाइते भएका हुन्।

जिल्ला सदरमुकामबाट पोखरा गइरहेको अटो दुर्घटना हुँदा प्रहरी चौकी पोखरामा कार्यरत प्रहरी जवान धर्मराज खत्री र १७ वर्षीया सिर्जना साँकी घाइते भएका छन्। घाइतेको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ।

अटोमा चालकसहित ६ जना सवार थिए। अन्य चार जनाको अवस्था सामान्य रहेको प्रहरी निरीक्षक नायकले बताए। उनका अनुसार पानी परिरहेका बेला तीव्र गतिमा रहेको अटो अनियन्त्रित भई दुर्घटना भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *