जिंकको कमीले बनाउँछ आँखा कमजोर, यसको कमीबाट बच्न यी खानेकुरा खानुहोस्

डिसी नेपाल
२३ माघ २०८० १५:०४

काठमाडौं। शरीरलाई स्वस्थ राख्न र राम्रोसँग काम गर्न प्रत्येक खनिजको आफ्नै भूमिका हुन्छ। जिंक एक यस्तो खनिज हो, जुन स्वस्थ शरीरको लागि एकदमै कम मात्रामा आवश्यक हुन्छ। त्यसैले, सही मात्रामा जिंक हुनु धेरै महत्त्वपूर्ण छ।

हाम्रो शरीरले जिंक उत्पादन गर्दैन, त्यसैले यस्ता खानेकुराहरू आफ्नो आहारमा समावेश गर्नुपर्छ, जसले तपाईंलाई जिंकको कमीलाई हटाउन मद्दत गर्न सक्छ।

आउनुहोस् जानौं जिंक किन महत्त्वपूर्ण छ र कुन खाद्यपदार्थको मद्दतले हामी यसको कमीबाट बच्न सक्छौं।

जिंक किन महत्त्वपूर्ण छ?
प्रतिरक्षा प्रणाली बलियो बनाउँछः जिंकले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्छ। ब्याक्टेरिया र भाइरससँग लड्न प्रतिरक्षा प्रणालीलाई मद्दत गरेर यसले रोगहरू रोक्न मद्दत गर्दछ। यसले अक्सिडेटिभ तनावबाट हुने सेल क्षतिलाई कम गर्छ, जसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ।

आँखा स्वस्थ राख्छः जिङ्कलाई आँखा स्वस्थ राख्नको लागि निकै महत्वपूर्ण पोषक तत्व मानिन्छ । बढ्दो उमेरका कारण रेटिनामा धेरै क्षति पुग्छ, जसलाई म्याकुलर डिजेनेरेशन भनिन्छ। यस क्षतिलाई छिट्टै रोक्नको लागि जिंक धेरै सहयोगी हुन्छ।

घाउ निको पार्न मद्दत गर्दछः जिंकले छालालाई स्वस्थ राख्न मात्र होइन घाउ निको पार्ने प्रक्रियालाई पनि गति दिन्छ। यसले घाउ र अल्सरलाई छिटो निको पार्न मद्दत गर्छ। यसका सथै सुन्निने हटाउन मद्दत गर्दछः शरीरमा तनाव आदिका कारण हुने दुखाईलाई कम गर्न जिंक धेरै सहयोगी हुन्छ।

जिंकको कमीका लक्षणहरुः

पुरुषहरूमा बाँझोपन हुनु, कपाल झर्नु, थकान, पखाला, ढिलो घाउ निको हुनु, बिना कारण वजन घट्नु पनि जिंकको कमीले हुन सक्छ । यस्तै सुँघ्ने र स्वाद लिने क्षमता कम हुनु, भोक हराउनु, बारम्बार बिरामी पर्नु, आँखा कम्जोर हुनु, धेरै मात्रामा पिम्पल आउने गर्दछ ।

साथै बच्चाहरुमा उमेर अनुसार विकास नहुन पनि जिंकको कमीका लक्षणहरु हुन्।

जिंको कमीबाट बच्न यी खानेकुराहरु खानुहोस्।
–अण्डा
–ड्राई फ्रूट्स
– माछा (साल्मन, सार्डिन)
–दूध
–कुखुराको मासु
–सिमी
–ओट्स
– केरा
–च्याउ आदि


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *