संविधानको रक्षामा चुनौती थपियो : जनार्दन शर्मा
काठमाडौं। नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले संविधानको रक्षामा चुनौती थपिएको बताएका छन्।
बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षामा चुनौती थपिएको बताएका हुन्।
राज्यसञ्चालन व्यवस्था र संविधानको रक्षाका लागि संसदले आवश्यकअनुसार कानुन बनाउनुपर्ने उनको भनाइ छ।
अघिल्लो सदनले एकमात्र कानुन बनाउन सकेको भन्दै उनले अब चालु अधिवेशनमा संसदले आवश्यक कानुन बनाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment