बुद्धभूमि हाइड्रोपावरको नाफा ६१.४१ प्रतिशत घट्यो

डिसी नेपाल
२५ माघ २०८० ११:२७
32
Shares

काठमाडौं। बुद्धभूमि नेपाल हाइड्रोपावरको खुद नाफा ६१.४१% ले घटेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ३२ लाख ६२ हजार रुपैयाँमा सीमित भएको जनाएको छ।

कम्पनीले अघिल्लो वर्षको यसै अवधिमा भने ८२ लाख ५४ हजार रुपैयाँ नाफा कमाएको थियो। बुद्धभूमिको विद्युत बिक्रीबाट आम्दानी बढेपनि प्रशासनिक खर्च र वित्तीय लागतमा वृद्धि भएपछि खुद नाफामा कमी आएको हो।

यसअवधिमा विद्युत बिक्रीबाट ९ करोड ५४ लाख ९२ हजार रुपैयाँ आम्दानी गरेको छ। जुन गत वर्षको ८ करोड ४८ लाख ४८ हजार रुपैयाँको तुलनामा १२.५४ प्रतिशत धेरै हो।

प्रशासनिक खर्च ८४ लाख ५९ हजार रुपैयाँबाट बढेर १ करोड ३१ लाख रुपैयाँ पुगेको छ। वित्तीय लागत ३ करोड ५९ लाख ५६ हजार रुपैयाँबाट बढेर ५ करोड ५१ लाख ७ हजार रुपैयाँ पुगेको हो। खुद नाफा घटेसँगै प्रतिसेयर आम्दानी पनि प्रभावित बनेको छ।

प्रतिसेयर आम्दानी २.६० रुपैयाँले घटेर १.६३ रुपैयाँमा सीमित भएको छ। प्रतिसेयर नेटवर्थ ९१.८३ रुपैयाँ छ । यसको सेयर पुँजी ४० करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ ४ करोड ५९ लाख रुपैयाँले ऋणात्मक रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *