जेसीबीले ठक्कर दिँदा प्युठानमा एक जनाको मृत्यु

डिसी नेपाल
२८ माघ २०८० २२:०३
20
Shares

बुटवल। जेसीबीको ठक्करबाट प्युठानमा एक जनाको निधन भएको छ। माण्डवी गाउँपालिकामा जेसीबीले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको हो।

रा१क ७७३ नम्बरको गाउँपालिकाकै जेसीबीले ठक्कर दिँदा स्थानीय ६४ वर्षीय ठगबहादुर घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हुमानन्द खनालले बताए।

सडकमा सुतेका वृद्धलाई गाउँपालिकाको वडा नम्बर १ स्थित पिपलडाँडादेखि गणेशमावी जोड्ने सडक सफा गर्ने क्रममा जेसीबीले ठक्कर दिएको खनालको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *