बालकसहित बेवारिसे महिलाको उद्धार

डिसी नेपाल
२९ माघ २०८० ८:१०
108
Shares

हेटौंडा। शुक्रबार बालकसहित एक महिलाको उद्धार गरिएको छ। हेटौंडा-९, लामसुरेधापस्थित मानवसेवा आश्रमले १५ महिने बालकसहित अन्दाजी ३५ वर्षीया सत्यदेवी श्रेष्ठको उद्धार गरेको हो।

मानसिक र शारिरीक रूपमा अशक्त रहेको अवस्थामा श्रेष्ठको उद्धार गरिएको मानवसेवा आश्रमकी अभियान्ता इशा थापाले जानकारी दिइन्।

हेटौंडा अस्पतालको समन्वयमा उद्धार गरिएकी श्रेष्ठ सार्वजनिक स्थलमा छोरालाई काखमा च्यापेर कष्टपूर्ण जीवन विताउँदै आइरहेकी थिइन्।

गत माघ २२ गते एक व्यक्तिले बालकसहित ती महिललाई हेटौंडा अस्पतालमा भर्ना गरेका थिए। ती व्यक्ति पनि सम्पर्कमा नआएपछि अस्पतालले आश्रमको जिम्मा लगाएको हो।

ती महिलाको परिवार अहिले सम्पर्कमा आइसकेको बताएको छ। श्रेष्ठको घर धादिङ र माइती मकवानपुरगढी गाउँपालिका सामरी, सिमल्टार रहेको पाइएको छ। परिवारले भने उनको जिम्मेवारी लिन अस्विकार गरिरहेको थापाले जानकारी दिइन्।

मानवसेवा आश्रमका अभियान्ता होमनाथ पौडेलले माइतीमा सम्पर्क गर्दा माइतीले जिम्मा लिन अस्वीकार गरिरहेको बताए। श्रीमान‍्को खोजी गरी जिम्मा लगाउन माइतीले आग्रह गरिरहेको उनले बताए। महिलाका श्रीमान‍्लाई सम्पर्कमा ल्याउने प्रयास भइरहेको पौडेलको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *