भरुवा बन्दुकसहित सल्यानबाट एक जना पक्राउ

डिसी नेपाल
१ फागुन २०८० २१:०७
36
Shares

सल्यान। सल्यानबाट भरुवा बन्दुकसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। कुमाख गाउँपालिका १ टाटके बस्ने २६ वर्षीय धनराज कामीलाई प्रहरीले पक्राउ गरेको हो।

उनको साथबाट भरुवा बन्दुक र केही थान छर्रा बरामद गरिएको प्रहरीले जनाएको छ। कामीको घरमा प्रहरीले खानतलासी गरेको थियो।

पक्राउ परेका धनराज कामीलाई जिल्ला प्रहरी कार्यालय सलयानको हिरासत कक्षमा राखेर अवैध हातहतियार खरखजाना मुद्दामा जिल्ला अदालत सल्यानबाट चार दिनको म्याद थप गरी थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी प्रहरी प्रवक्ता प्रहरी निरीक्षक भवानीप्रसाद धमलाले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *