त्रिभुवन विमानस्थलबाट एक करोड विदेशी मुद्रासहित दुई पाकिस्तानी नागरिक पक्राउ
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक करोड विदेशी मुद्रासहित दुई जना पाकिस्तानी नागरिकलाई पक्राउ परेका छन्।
फ्लाई दुबई एयरलाइन्समार्फत नेपाल आएका पाकिस्तानी वर्ष ३१ का येसीन अहमद र वर्ष ४८ का मोहम्मद अदनान लखानीलाई उक्त रकमसहित विमानस्थल प्रहरीले पक्राउ गरेको हो। उनीहरुलाई गौशला वृत्तमा राखिएको छ।
बुधबार साँझ पक्राउ परेका उनीहरुको बारेमा प्रहरीले बाहिर केही पनि भनेको छैन।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment