छोरा र छोरी के जन्माउन चाहनुहुन्छ ?

अमेरिकाबाट नेपाली राशिफल

मानव जीवनलाई सफल र सरलताका साथ अगाडि बढाउन आफूले चाहेअनुसारका सन्तान हुन र असल बनून भन्ने चाहना हरेक गृहस्थको हुने गर्दछ।

सनातन परम्परामा गर्भाधान संस्कारदेखि अन्त्यकर्मसम्म षोडशसंस्कार बताइएको छ, जसलाई पूर्णरुपमा शास्त्रीयमान्यताको आधारमा पालना गर्न नसकिए पनि व्यवहारिक रुपमा पालना गर्न सकिन्छ। सनातन परम्परामा छोराछोरी दुवैको उत्तिकै महत्व र दायित्व हुन्छ, जो प्रकृतिका पूजक हुन्।

हजाराैं वर्षदेखिको वंशपरम्परा आफूमा आएर न टुटोस् भन्ने लक्ष्य रहेको हुन्छ। दुवैको माया र सद्भाव अलिक भिन्न नै हुन्छ। दुवैको माया परिवारमा मिलोस् भन्ने चाहनालाई परिपूर्ति गर्न शास्त्रमा विभिन्न नियमहरु उपलब्ध रहेका भेटिन्छन्।

त्यस्ता नियमहरुलाई सामान्य बनाएर जीवनमा प्रयोग गरियो भने पूर्ण हुने देखिन्छन्, जो आस्था र विश्वासको विषय पनि हो। छोरा वा छोरीको चाहनालाई पूरा गर्न यस विधिलाई राम्रोसँग प्रयोग गरे सन्तान अवश्य पूरा हुनेछ।

स्वस्थ्य शरीर, उमेर, शुक्राणु, वीजाणु, स्त्रीपुरुषको हुनुपर्दछ, स्त्रीको मासिक धर्मको सातदिन सम्म गर्भाधानको प्रयास गरिनु हुदैन, ८, १०, १२, १४ दिनको रात्रीकालमा गर्भाधान भयो भने छोराको जन्म हुन्छ, ९, ११, १३, १५ दिनको गर्भाधानमा छोरीको।

स्त्रीको उमेरअनुसारका महिनाहरु पनि तल दिएको तालिकामा हेर्नु पर्दछ, जो वर्ष चलिराखेको छ त्यसलाई वर्तमानको समयको रुपमा लिनु पर्दछ। अमावस्या, चतुर्दशी, पर्वका दिनहरु, पितृतिथि, शनिबार, आइतबार, मंगलबारलाई पनि शुभ मानिदैन।

तालिकामा दिइउएका गते र तारिखहरुमा चारदिन घटबढ हुने गर्दछ, किनभने सूर्यसंक्रान्तिका गते र अंग्रेजी तारिखहरु सबै महिनामा एकरुपता छैनन। विसं र इसंका महिनाहरु २८, २९, ३०, ३१, ३२ का छन् अतः मध्य दिनांकलाई यहाँ आधार बनाइएको छ।

सन्तान गोपालका मन्त्र, देवीभागवत, गणेशपुराण आदि शास्त्रमा मन्त्रहरु जप, पाठ गर्ने, गराउने। शास्त्रीय आधारमा सात्विक आहार गर्ने,महान व्यत्तित्वको चिन्तन गर्ने, सिरान पूर्व वा दक्षिण दिशामा हुनुपर्दछ। सन्ध्यकाल, मध्यरात्रीमा गर्भाधान हुनुहुँदैन।

अहिलेको समाजले हरेक कार्य योजनाअनुसार गर्दछन् भने सन्तान र समाजको लागि हाम्रो जीवन होे। सन्तान प्राप्तिको योजना पनि सर्वोत्तम महत्वपूर्ण योजनाको रुपमा व्यवहार गर्नुपर्दछ। परिवारहरु मिलेर समाज बन्दछ भने समाज मिलेर देश। देशहरु मिलेर विश्व बन्दछ।

विश्वलाई कस्तो बनाउने त्यो दायित्व हामी सबैको हो भन्ने यो चिन्तनको सार हो। सुन्दर आत्मीय समाजको परिकल्पना नै सनातन समाजको आधार हो, शास्त्रीय चिन्तनको लक्ष्य हो। तालिकामा गर्भ राख्न चाहेको महिना एवं गर्भवती हुन चाहने महिलाको उमेर राखिएको छ।

फेब्रुवरी १६देखि २९सम्मको राशिफल

मेष राशि :  चु,चे,चो,ला,लि,लु,ले,लो,अ

उद्योग,कल कारखानामा लगाएको लगानीबाट सफलता मिल्नेछ। सन्तान सुख र आफन्तको सहयोग मिल्नेछ। शैक्षिक क्षेत्रमा सफलताको योग देखिन्छ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ। बौद्धिक विचारको आदानप्रदान होला। कूटनीतिक क्षेत्रको प्रयास सफल हुनेछ। सामाजिक मान सम्मान र दायित्व बढ्ने देखिन्छ। पारिवारिक सम्बन्धमा सुधारका संकेतहरु देखापर्नेछन्।

वृष राशि :  इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

व्यापार व्यवसायमा सामान्य लाभ मिल्नेछ। दैनिक खर्चमा वृद्धि होला। आय आर्जनमा गतिरोध आउने देखिन्छ। आफन्तजनसँग भेटघाट गर्ने अवसर मिल्नेछ। सामाजिक सद्भावमा वृद्धि हुनेछ। अचल सम्पत्तिको कारोवार बढ्नेछ। जागिरमा अनावश्यक वादविवाद बढ्नाले मानसिक तनाव रहला। वैदेशिक यात्राको योग बन्नेछ। कार्यमा व्यस्तता बढ्ने छ।

मिथुन राशि :  का,कि,कु,घ,ङ,छ,के,को,हा

आफन्त तथा बन्धुबान्धवको सहयोग मिल्नेछ। अल्झनमा परेका कार्यहरु सुचारु हुनेछन्। पठन पाठन तथा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। साहित्यिक तथा सांस्कृतिक कार्यमा मान सम्मान प्राप्त होला। धार्मिक तथा पर्यटकीय क्षेत्रमा यात्राको योग छ। व्यवसायिक क्षेत्रमा परिवर्तन आउनेछ। स्वास्थ्यमा सामान्य समस्या देखिन सक्छ। पतिपत्नी तथा प्रेमी प्रेमिकाबीचको सम्बन्धमा प्रगाढता बढ्नेछ।

कर्कट राशि :  हि,हु,हे,हो,डा,डि,डु,डे,डो

अध्ययन अध्यापनमा अवरोध आउनेछ। व्यापार व्यवसायमा लाभ नहोला। स्वास्थ्यमा समस्या आउने देखिन्छ। पारिवारिक सुख प्राप्त हुनेछ। शत्रु सबल हुने हुँदा कार्यमा सावधानी अपनाउनु पर्ने हुन्छ। मानसिक तथा शारीरिक थकानको महशूस हुनेछ। मान्यजनसँग भेटघाट गर्ने अवसर मिल्नेछ। धार्मिक यात्राको योग छ। सामाजिक पद प्रतिष्ठा मिल्ने छ।

सिंह राशि :  मा,मि,मु,मे,मो,टा,टि,टु,टे

गरेका कार्यहरुबाट राम्रो प्रतिफल प्राप्त हुनेछ। साथीभाइको सद्भाव बढ्ने हुँदा नयाँ कामहरु बन्ने छन्। पतिपत्नीबीचको सहयोगले अल्झिएका कार्य सुचारु हुनेछन्। राज्यबाट मान सम्मान पाइएला। पेशा व्यवसायमा सामान्य लाभ मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। नयाँ सामानको खरिद हुनेछ। समाजका विशिष्ट व्यक्तिहरुसँगको सम्बन्धले कार्य सफलता मिल्नेछ।

कन्या राशि : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

प्रियजनहरुको सहयोग प्राप्त हुनेछ। अधुरा कामहरु बत्राले मानसिक प्रसन्नता छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। न्यायिक पक्ष सबल रहनेछ। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ । मान्यजनको सल्लाहमा गरिएका कामहरु सफल रहनेछन्। प्रेमी प्रेमिकाबीच घनिष्टता बढ्नेछ। आकस्मिक धनलाभको योग छ।

तुला राशि :  रा,री,रु,रे,रो,ता,ती,तु,ते

आध्यात्मिक सहभागिताको अवसर जुट्नेछ। रोजगारीको नयाँ अवसर प्राप्त हुने छ। धर्मकर्ममा रुचि बढ्नेछ। मांगलिक कार्यमा सहभागिताको अवसर मिल्नेछ। व्यापार व्यवसायमा अवरोध आउने देखिन्छ। विदेश भ्रमणको योग छ। विलासिताका सामान खरीदबिक्री गर्नुपर्नेछ। अचल सम्पत्तिको हानि नोक्सानी हुनसक्छ। टाढिएका मित्रसँग भेट हुनाले मन प्रफुल्लित रहनेछ।

वृश्चिक राशि :  तो,ना,नी,नू,ने,नो,या,यि,यू

व्यावसायिक कार्यमा लाभ प्राप्त हुनेछ। प्रेमीप्रेमिकाबीच आपसी तनावको अन्त्य हुनेछ। मान्यजनबाट सहयोगको प्राप्त होला। धर्मकर्ममा रुचि बढ्नेछ। शैक्षिक कार्यमा लगानीको योग देखिन्छ। सभा सम्मेलनमा सहभागिता बढ्नेछ। राजनीतिक अन्योलताले निराश बनाउनेछ। न्यायिक कार्यबाट सफलता मिल्नेछ। स्वास्थ्यसम्बन्धी समस्याले सताउला। सामाजिक कार्यप्रति लगाव बढ्नेछ।

धनु राशि  : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

पारिवारिक सद्भाव बढ्नेछ। प्रेमी प्रेमिका बीच घनिष्टता बढ्नेछ। शैक्षिक लगानीबाट आम्दानी तथा प्रतिष्ठा प्राप्त होला। सवारी साधन चलाउँदा होसियार रहनु उपयुक्त देखिन्छ। आय आर्जनको क्षेत्र फराकिलो भएर जानेछ। पठनपाठनमा सुधार आउनेछ। आफन्तको स्वास्थ्योपचारमा खर्च बढ्ने देखिन्छ। वैदेशिक यात्रामा जाँदा सजगता अपनाउनु पर्नेछ।

मकर राशि :  भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

पारिवारिक सम्बन्धमा आंशिक तनाव उत्पन्न हुन सक्छ। शिरको पीडा बढ्न सक्ने छ । लामो यात्राको लागि परामर्श शुरु गरिनेछ। पारिवारिक समन्वयको अभावमा अनावश्यक विवाद उत्पन्न होला। रोजगारीको नयाँ अवसर मिल्नेछ। दैनिक कार्यमा व्यस्तता बढ्नेछ। विशिष्ट मान्यजनकोे सहयोग प्राप्त हुनेछ। भूमि, वाहनको सुख प्राप्त हुने देखिन्छ। मनमा चञ्चलता बढ्ने छ। खर्चमा वृद्धि हुने देखिन्छ।

कुम्भ राशि :  गु,गे,गो,सा,सी,सु,से,सो,द

मानसिक थकान बढ्ने देखिन्छ। सन्तानको सहयोग प्राप्त हुनेछ। राजनीतिक विवादको सामना गर्नु पर्ला। गीत संगीत कला साहित्यमा रुचि बढ्ने देखिन्छ। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। वाणिज्य व्यापारमा सन्तोषजनक सफलता मिल्नेछ। कार्यव्यस्तता बढ्ने देखिन्छ । कूटनीतिक तरिकाबाट महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ। शैक्षिक कार्यमा लाभ प्राप्त हुनेछ।

मीन राशि :  दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

राजनीतिक झन्झट अप्ठेरोको सामना गर्नु पर्ला। पदीय दायित्व थपिनेछन्। प्रशासनिक क्षेत्रमा आंशिक सफलताका संकेतहरु मिल्नेछन्। गीत संगीत कला साहित्यमा रुचि बढ्ने देखिन्छ। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। वाणिज्यव्यापारमा सन्तोषजनक सफलता मिल्नेछ। प्रेमी प्रेमिकाबीचको आपसी सद्भाव घनिष्ट हुनेछ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *