नेपाल चिकित्सक संघ र ‘साथसाथै’बीच जलवायु क्षेत्रमा काम गर्ने सम्झौता

डिसी नेपाल
३ फागुन २०८० १७:०८
4
Shares

काठमाडौं। नेपाल चिकित्सक संघ र सामाजिक संस्था ‘साथसाथै’बीच जलवायू न्यायका क्षेत्रमा संयुक्त रुपमा काम गर्ने गरी बिहीवार सम्झौता भएको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक, विपन्न र पिछडीएका वर्गसहितका स्वास्थ्यमा पारेको असर र त्यसका न्यूनीकरणका लागि एक साथ मिलेर काम गर्ने भनि सम्झौता पत्रमा उल्लेख भएको छ ।

स्वास्थ्य, शिक्षा, सामाजिक सचेतना सहितमा दुई संस्थाबीच सहकार्य हुने आपसी सम्झौतापत्रमा उल्लेख छ। सम्झौतापत्रमा नेपाल चिकित्सक संघको तर्फबाट अध्यक्ष डा.अनिलविक्रम कार्की र ‘साथसाथै’बाट अध्यक्ष प्रजिता कार्कीले हस्ताक्षर गरे।

‘साथसाथै’ले सगरमाथा हिमाल सहित विभिन्न हिमालय क्षेत्र, मेलम्ची, मधेशमा जलवायु न्यायका लागि विभिन्न क्रियाकलाप गरिरहेको छ।

आउँदो मार्च ८ तारिखमा जलवायू परिवर्तनबाट पारेको असरको न्यूनिकरणका लागि ध्यानाकर्षण गराउन विभिन्न क्षेत्रका अगुवा महिलाहरुले लुक्लाबाट कालापत्थरसम्म पदयात्रा समेत गर्दैछन्।

यस सम्झौताले स्वाथ्य क्षेत्रमा सहकार्य गर्न पाउँदा थप उर्जा मिलेको संघका अध्यक्ष डा. कार्कीले बताए।

‘साथसाथै’का अध्यक्ष प्रजिता कार्कीले जलवायू परिवर्तनले मानिसको स्वास्थ्य क्षेत्रमा समेत गम्भीर असर परेको र नेपाल चिकित्सक संघसंग सहकार्य गर्दै अघि बढ्ने सम्झौता गर्नाले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा प्रभावकारी ढंगबाट हौसला मिल्ने समेत बताइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *