होटल हायात रेजेन्सीले गरेको भूमि अतिक्रमणविरुद्ध प्रदर्शन

डिसी नेपाल
४ फागुन २०८० १४:३८
156
Shares

काठमाडौं। होटल हायात रेजेन्सीले गरेको भूमि अतिक्रमण तथा तारागाउँ विकास समितिले हडपेको भूमिको विरुद्ध बुधबार हायात गेट अगाडि प्रदर्शन गरिएको छ।

लामो समयदेखि जारी आन्दोलनलाई उनीहरूले यस पटक भने योङ इन्डिजिनिष्ट लिग मार्फत अगाडि बढाएका छन्।

होटल हायातले हडपेको १५० रोपनी जग्गाको साथै तारागाउँ विकास समितिले पनि विसं २०२६ साल देखी १४९ रोपनी जग्गा कब्जा गरेको बताइएको छ।

तारागाउँले पर्यटन प्रवद्धन गर्नको लागि भन्दै २०२६ सालमा रोपनीको रु.१५०० मुआब्जा तोकेको थियो। तर उक्त मुआब्जा पनि आफूहरुले नपाएको आक्रोश व्यक्त गरेका छन्।

आदिवासी पुर्खाहरुको सम्मानमा मौनधारणबाट सुरु भएको कार्यक्रममा भूमि अतिक्रमणविरुद्ध लामो समय देखी लड्दै आएका दुङह्युल तामाङ छोग्छेनका चोहो तुलाराम तामाङ, ताम्सालिङ संयुक्त संघर्ष समितिका बाबुराम लोप्चन लगाएतले मन्तव्य व्यक्त गरेका थिए।

बौद्धका आदिवासी तथा स्थानिय सुरज रुम्बा जो ओम सुखदुख गुठीका अध्ययक्ष पनि हुनले आफूहरूले खाइखेली हुर्केको भूमि तथा आफ्नो बाबु बाजेको भुमी सरकारले जबरजस्ती कब्जा गरेको एवं हालसम्म पनि त्यसको मुआब्जा र क्षतिपूर्ती नपाएको दाबी गरे।

आयोजक मध्यको एक नेवाः राष्ट्रिय बाहिनीको तर्फबाट बोल्दै इन्चार्ज रवीन्द्र कुमार श्रेष्ठले इतिहास देखी कायम रहेको भूमी कब्जा गर्ने कार्यको अब सशक्त प्रतिकार गर्ने बताए।

यस्तै तामाङ राष्ट्रिय बाहिनीका इन्चार्ज निरुता मोक्तानले अब योङ इन्डिजिनिष्ट लिगले देशभर भएका व्यतिथिहरुको भन्डाफोर गर्ने र तिनिहरुलाई कानुनको अधिनमा ल्याइने बताइन्।

कार्यक्रममा योङ इन्डिजिनिष्ट लिगका सब–कमाण्डर काङ्सोरेले इतिहासमा पृथ्वीनारायण शाहले आदिवासी तथा स्थानियहरुको भूमि अतिक्रमण गर्नको लागि नै आक्रमण गरेको बताउदै हाल पर्यान्त भूमी अतिक्रमणको सिलसिला जारी रहेको बताए।

उनले वाइआइएल हाल सम्म कायम रहेको संघसंगठन भन्दा भिन्न तथा आदिवासीहरुको भूमि, भूक्षेत्र तथा श्रोतहरुमा कायम रहेको स्वामित्व दाबी गरेर जाने बताए।

उनले अबका दिनमा आदिवासीमाथि विभिन्न स्थानहरुमा कायम रहेको उत्पीडनकाविरुद्ध संघर्षको कार्यक्रम अगाडी बढाउने पनि दाबी गरे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *