महोत्तरीमा कलश यात्राका क्रममा झडप हुँदा प्रहरीले चार राउन्ड गोली चलायो

डिसी नेपाल
५ फागुन २०८० १७:३५
52
Shares

धनुषा। महोत्तरीको सम्सीमा झण्डा मेलामा दुई समूहबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ। मेलाको कलश यात्राका क्रममा दुई समूहबीच झडप हुँदा प्रहरीले चार राउन्ड गोली चलाएको हो।

झडप नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक मनोज यादवले जानकारी दिए। झडपमा दुवैतर्फका केही व्यक्ति घाइते भएका छन्।

झडपका क्रममा एउटा मोटरसाइकलमा आगजनीसमेत गरिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *