कञ्चनपुरमा ३० वर्षीया महिला बलात्कृत

डिसी नेपाल
५ फागुन २०८० १८:४४
140
Shares

कञ्चनपुर। कञ्चनपुरमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

जिल्लाको बेलौरी नगरपालिका–७ टेडीयाका ४० वर्षीय हरिचन्द्र रानालाई जबरजस्ती करणी गरेको आरोपमा शनिबार दिउँसो प्रहरीले पक्राउ हो। रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका–७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो।

पीडित पक्षबाट प्रहरीमा उजुरी परेपछि इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले आरोपित रानालाई पक्राउ गरेको हो। घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *