काठमाडौंमा ३५ वर्षीया महिलाको शव फेला
काठमाडौं। काठमाडौंमा एक महिलाको शव फेला परेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बुढानिलकण्ठ नगरपालिका–१२ कपन डेरा गरी बस्ने एक महिलाको शव फेला परेको हो।
ओखलढुङ्गा मानेभन्ज्याङ गाउँपालिका–६ घर भएकी ३५ वर्षीया सिता मगर आफ्नै कोठामा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। घटनाका विषयमा आवश्यक अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment