लागूऔषधसहित भारतीय नागरिक पक्राउ
धनगढी। कञ्चनपुरबाट लागूऔषध खैरो हिरोइनसहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। १० ग्राम लागूऔषध खैरो हिरोइनसहित भारत बरेली बस्ने ३५ वर्षीय रहिम अहमद पक्राउ परेका हुन्।
नेपाल प्रहरी प्रदेश कार्यालय सुदूरपश्चिम कञ्चनपुर र लागूऔषध व्युरोको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्था जिल्लाको भीमदत्त नगरपालिका ९ बह्रमदेवबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment