पोखरा विश्वविद्यालयको १९ औं दीक्षान्त समारोहमा यूनिग्लोबका सुवास बुढाथोकीलाई ‘गोल्ड मेडल’
काठमाडाैं। यूनिग्लोब कलेजका विद्यार्थी सुवास बुढाथोकीले गोल्ड मेडल प्राप्त गरेका छन्। यूनिग्लोब कलेज स्नातकोत्तर कार्यक्रम, एमबीएका विद्यार्थी बुढाथोकीले सर्वोत्कृष्ट ४ जिपिए ल्याएर गोल्ड मेडल जित्न सफल भएका हुन्।
पोखरा विश्वविद्यालयको १९ औं दीक्षान्त समारोहमा बुढाथोकीलाई गोल्ड मेडल प्रदान गरिएकाे हाे। यूनिग्लोब कलेज स्नातकोत्तर कार्यक्रम, एमबीएका विद्यार्थी बुढाथोकीले सर्वोत्कृष्ट ४ जिपिए ल्याएर गोल्ड मेडल जित्न सफल भएका हुन्।
स्नातकोत्तर तहका सम्पूर्ण कार्यक्रमहरूमा सबैभन्दा उच्चतम् अंक प्राप्त गर्ने १३ जना विद्यार्थीले स्वर्णांकित कुलपति पदक प्राप्त गरेका छन्। कुलपति पदक प्राप्त गर्नेहरुमा हेमन्त लामिछाने, विवेकबाबु लामिछाने, रोमहर्ष वली, गंगा गिरी, गरिमा श्रेष्ठ, कामना कटुवाल, मञ्जु पाण्डेय, समीर सुवेदी, सृष्टि भूर्तेल, आकृति थापा, सम्झना कार्की र वीनिता आचार्य रहेका छन्।
तीमध्ये वीनिता मानविकी तथा सामाजिकशास्त्र संकायकी हुन्। विज्ञान तथा प्रविधि संकायतर्फका हेमन्त लामिछाने, विवेकबाबु लामिछाने र रोमहर्ष वली हुन् भने बाँकी व्यवस्थापन संकायका हुन्। उनीहरू सबैले जीपीए ४ ल्याएका छन्। दीक्षान्त समारोहमा विभिन्न तह र संकायका गरी ७ हजार ६५१ विद्यार्थी दीक्षित भएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment