मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दाङ। दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका-१६ स्थित घोराही-तुलसीपुर सडकखण्डमा बुधबार बिहान रा ५ प ५४५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा रोल्पाको त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते भएका उनीहरुको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment