१४ किलो सुन प्रकरणमा प्लाटिनम कलेजका अध्यक्ष पक्राउ

डिसी नेपाल
१४ फागुन २०८० १०:३२
120
Shares

काठमाडौं। प्लाटिनम कलेजका कार्यकारी अध्यक्ष जोन भनिने जीवनकुमार गुरुङलाई प्रहरीले पक्राउ गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको १४ किलो सुन तस्करीबारे अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गुरुङलाई काठमाडौंबाट पक्राउ गरेको स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार विमानस्थल भन्सार कार्यालयले गुरुङलाई पक्राउका लागि सिआइवीलाई आग्रह गरेको थियो।

प्लाटिनम कलेज डिल्लीबजार कालिकास्थानमा छ। दुबईबाट १४ किलो सुन तस्करी गरेर ल्याएको घटनाको छानबिन र अनुसन्धान क्रममा गुरुङ योजनाकार रहेको आरोप लागेको छ।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *