काठमाडौंमा फुटपाथ व्यवसायी र महानगर प्रहरीबीच झडप

डिसी नेपाल
१६ फागुन २०८० २२:१२

काठमाडौं। काठमाडौंमा फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप हुँदा ११ जना घाइते भएका छन्। बुधबार सुन्धारास्थित धरहरा अगाडि फुटपाथ व्यवसायी र नगर प्रहरीबीच झडप भएको हो।

राति ९ बजेपछि फुटपाथमा व्यवसाय गर्न दिने भने पनि साँझ ७ बजेपछि नै पसल राख्न थालेको भन्दै महानगर प्रहरीले व्यवसायीहरुलाई हटाउन खोजेपछि उनीहरुबीच झडप भएको हो। महानगर प्रहरी उपरीक्षक मनोज लामिछानेको टोली व्यवसायीहरुलाई हटाउन गएको थियो।

झडपमा प्रहरी उपरीक्षक लामिछानेसहित ५ जना नगर प्रहरी र ६ जना फुटपाथ व्यवसायी घाइते भएका छन्। नेपाल स्वरोजगार व्यापार श्रमिक संघले महानगर प्रहरीले मजदुरहरुलाई आक्रमण गरि घाइते बनाएको दाबी गरेको छ भने प्रहरीले पहिले व्यवसायीहरुले आक्रमण गरेको बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *