जलवायु परिवर्तनले पारेको असरबारे ध्यानाकर्षण गराउन हिँडेको टोली लुक्ला पुग्यो

डिसी नेपाल
१८ फागुन २०८० ११:१२

सोलुखुम्बु। जलवायु परिवर्तनका कारण हिमाल पग्लिएको र यसले स्थानीय समुदायमा पारेको असरका विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउन सामाजिक अभियन्ताको टोली सोलुखुम्बुको लुक्ला आइपुगेको छ। सो टोली आज लुक्लाबाट फाक्दिङ पुग्ने बताइएको छ।

टोलीले जलवायु परिवर्तनले हिमाली महिलाहरूमा पारेको प्रभाव, हिमाल कालापत्थरमा परिणत हुँदै गएको, समग्र पर्यटन क्षेत्रमा पारेको प्रभावलगायतका विषयमा स्थानीय तथा जनप्रतिनिधिसँग अन्तक्र्रिया गर्ने छ।

अन्तर्राष्ट्रिय महिला दिवस २०२४ सगरमाथा क्षेत्रको कालापत्थरमा मनाउन टोली आज रामेछापको मन्थलीबाट लुक्ला आइपुगेको हो। विभिन्न क्षेत्रमा अग्रणी भूमिकाका रहेका २५ जना महिलाको टोली बिहीबार बिहान काठमाडौँबाट प्रस्थान गरेर रामेछापको मन्थली आइपुगेको थियो ।

यही फागुन १९ गते स्याङ्बोचेमा ‘जलवायु न्यायका लागि सरकार र समुदायलाई जोड्न महिला सशक्तीकरण’ भन्ने नारासहित स्थानीय जनप्रतिनिधि र स्थानीय समुदायसँग अन्तक्र्रिया कार्यक्रम गर्ने साथसाथै फाउण्डेसनका अध्यक्ष प्रजिता अध्यक्ष कार्कीले जानकारी गराएका छन्।

उनले भने, “स्याङबोचेमा कार्यक्रमपछि पदयात्रा गर्दै ८ मार्चमा कालापत्थरमा पुगेर राष्ट्रिय–अन्तर्राष्ट्रिय समुदायलाई हिमाल पग्लिँदा समुदायमा परेको असर, कृषि र पर्यटन क्षेत्रमा परेको मारलगायतका विषयमा ध्यानाकर्षण गराउने छौँ ।”

यसअघि संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि सोलुखुम्बुको स्याङबोचेमा पुगेर हिमाल पग्लिरहेको विषयप्रति विश्व समुदायको ध्यानाकर्षण गराएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *