डायबिटीजको समस्यालाई नियन्त्रण गर्छ कालो जीराले

डिसी नेपाल
१८ फागुन २०८० १३:१४

काठमाडौं। कलोंजीलाई कालो जीरा वा मङ्गराइल भनेर चिनिन्छ। यो मसलाहरू अचार, तरकारी वा कचोरी आदि बनाउन प्रयोग गरिन्छ। कालो जीरा पाँचथरी मसला मिलाएर बनाइने पाँच फोरोन (पड्काउने मसला) बनाउन प्रयोग गरिन्छ।

यी तिल आकारका साना दाना हुने गर्दछ। जसको स्वाद अलिकति तितो हुन्छ। कलोंजी आयुर्वेदिक औषधिमा प्रयोग गरिन्छ। एन्टिअक्सिडेन्ट र भिटामिन बाहेक यसमा अन्य धेरै पोषक तत्वहरू पाइन्छ। कलोंजी छालाको लागि धेरै राम्रो मानिन्छ। यसको वैज्ञानिक नाम Nigella Sativa हो।

हामी तपाईलाई बताउछौं कि यो कालो दाना खाँदा तपाईको स्वास्थ्यलाई धेरै फाइदा के के हुन्छ। आउनुहोस् कलोंजीको फाइदाका बारे जान्नुहोस्।

– कलोंजीको बीउमा प्रचुर मात्रामा प्रोटिन, भिटामिन, कार्बोहाइड्रेट, मिनरल्स र डाइटरी फाइबर हुने भएकाले रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत राख्छ । यसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।

– मधुमेह नियन्त्रणमा पनि प्रभावकारी हुन्छ । यसका पोषक तत्वले तपाईंको शरीरमा रगतमा चिनीको मात्रा कायम राख्छ।

–कलोंजीमा एन्टी फङ्गल, एन्टी इन्फ्लेमेटरी, एन्टिब्याक्टेरियल र एन्टिअक्सिडेन्ट गुण पाइन्छ, जुन कपालका लागि फाइदाजनक हुन्छ। यो तेल लगाउनाले डन्डीफोरको समस्या हट्छ, यसले कपाललाई स्वस्थ बनाउँछ र कपाल झर्नबाट रोक्छ।

– कलोंजीको बीउमा प्रशस्त मात्रामा डाइटरी फाइबर हुने र एन्टिअक्सिडेन्ट र एन्टी इन्फ्लेमेटरी गुण भएकाले तौल घटाउन मद्दत गर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *