अन्तर्राष्ट्रियस्तरको छ्याङ तथा रक्सी फेस्टिभल मनाइँदै
काठमाडौं। नेवाः लहना विश्व सरसफाइ अभियानद्वारा यहि फाल्गुन २४ गते देखि २८ गते सम्म छ्याङ तथा रक्सी फेस्टिभल मनाउन लागिएको छ।
विदेशी रक्सीलाई होइन नेपाली रक्सीलाई मान्यता दिनुपर्ने भन्दै फेस्टिभलको आयोजना गरिएको नेवाः लहनाका संस्थापक राजमान मानबले बताए ।
यस फेस्टिभल बाट भोलिको दिन्मा छ्याङ र नेपाली लोकल रक्सीलाई अन्तरास्ट्रियस्तरमा पुर्याउन सकिने राजमान मानवको दाबी रहेको छ।
उनका अनुसार यो सांस्कृतिक पर्वको रुपमा मनाउन लागिएको हो । रक्सीका सात वटा आइटम बन्ने छ भने छ्याङ १० आइटममा बन्ने राजमान मानवको भनाइ रहेको छ ।
कला र संस्कृति झल्काउने उद्देश्यले आयोजना गरिएको स्थानीयको भनाइ रहेको छ ।
कीर्तिपुर आफैंमा कलाले भरिएको ठाउँ हो यसमा पनि राजमान मानवले रंगीन बनाउँदै आएका छन्। कीर्तिपुर क्षेत्रलाई सधैं समाजको हितमा काम गर्ने मानव चाडै नेपाली राजनीति क्षेत्रमा समेत आउने संकेत देखिएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment