शालिन पोखरेलको परिवारलाई न्याय दिलाउन सरकार दृढ छः प्रधानमन्त्री

डिसी नेपाल
१९ फागुन २०८० २२:१८
16
Shares

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्यले आफूलाई गम्भीर र दुःखी बनाएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत आज प्रधानमन्त्री प्रचण्डले शालिन मृत्युसम्बन्धी घटनाको छानबिन गरी सत्यतथ्य पत्ता लगाउन गृह मन्त्रालयलाई यसअघि नै निर्देशन दिइसकेको उल्लेख गरेका छन्।

केही दिन अघि चितवनको एकता शिशु निकेतन स्कुलको होस्टलमा १४ वर्षीया बालिका शालिन मृत फेला परेकी थिइन्। प्रधानमन्त्रीले घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध रहेको बताएका छन्।

प्रधानमन्त्रीले भनेका छन्, ‘मृतावस्थामा फेलापरेकी १४ वर्षीया बालिका शालिन पोखरेलको मृत्युले मलाई गम्भीर र दुःखी तुल्याएको छ। घटनाको गहन छानबिन गरी सत्यतथ्य पत्ता लगाउन मैले यसअघि नै गृह मन्त्रालयलाई निर्देशित गरिसकेको छु। घटनाको यथार्थ छानबिन गरी पोखरेल परिवारलाई न्याय दिलाउन सरकार दृढ र प्रतिबद्ध छ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *