छाब्दीमा भक्तजनको घुइँचो
तनहुँ ।तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिकस्थल छाब्दी वाराही मन्दिरमा भक्तजनको घुइँचो लागेको छ। छाब्दी बाराहीको मन्दिर तनहुँ जिल्लाको दमौलीबाट ५ किलोमिटरको दुरीमा रहेको छ।
यो मन्दिरमा हजारौं वर्ष पहिले देखि यी दुबै देबीको पुजा मगरहरूबाट गरिंदै आएको हो।
यो मन्दिरलाई सत्य देवीका नामबाट पनि स्थानीय बासिन्दाहरू तथा यस मन्दिर प्रति आस्था राख्ने मानिसहरूले परिभाषित गर्ने गर्दछन्।
यहाँ पूर्णिमा, पञ्चमी, अष्टमी,नयाँ वर्ष तथा शनिबारका दिनहरूमा पूजाआजा र विशेष मेला लाग्ने गर्दछ । साथै औँसी, एकादशी र साउन महिनाभरी मन्दिर बन्द रहन्छ। उक्त समयमा देवि गुफा बस्न जाने मान्यता रहेको पाइन्छ।
यो मन्दिर माछाको पूजा गरिने नेपालको एक मात्र मन्दिर हो। यस मन्दिरको कुण्डमा सुनको टीका लगाएको माछा छ भन्ने पनि एक प्रकारको जनबिश्वास रहिआएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment