माओवादीद्वारा गण्डकी सरकारलाई दिएको समर्थन फिर्ता

डिसी नेपाल
२३ फागुन २०८० १३:००
28
Shares

गण्डकी। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको सो दलका नेता हरिबहादुर चुमानले जानकारी दिए।

माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै नेपाली कांग्रेस नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ। यसअघि मंगलबार मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका दुई मन्त्रीलाई पदमुक्त गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *