लुम्बिनीमा माओवादीका दुई मन्त्री बर्खास्त
काठमाडौं। सत्ता गठबन्धन परिवर्तन भएपछि त्यसको प्रभाव प्रदेशमा देखिन थालेको छ । नयाँ गठबन्धन बनेसँगै प्रदेश सरकारलाई समर्थन फिर्ता र मन्त्री बखास्तीको क्रम चलिरहेको छ।
यसैक्रममा लुम्बिनी प्रदेशमा कांग्रेसका मुख्यमन्त्री डिल्ली चौधरीले सरकारमा सहभागी माओवादीका दुई मन्त्री बर्खास्त गरेका छन्। माओवादी संसदीय दलको बैठकले समर्थन फिर्ता लिनु अगावै मुख्यमँत्री चौधरीले माओवादीका मन्त्रीहरु धनबहादुर मास्की र कृष्णा केसीलाई बर्खास्त गरेका हुन्।
लुम्बिनी सरकारमा माओवादीको तर्फबाट मास्की अर्थमन्त्री र केसीले शहरी विकास मन्त्रीको जिम्मेवारी सम्हालेका थिए। प्रदेश सरकारबाट माओवादीका मन्त्रीहरुलाई बर्खास्त गरेसँगै कांग्रेस नेतृत्वको सरकार अल्पमतमा परेको छ।
अब एमाले माओवादीको नयाँ गठबन्धनले नयाँ सरकार निर्माणको गृहकार्य थालिसकेका छन् । माओवादीले मुख्यमन्त्री पाए संसदीय दलका नेता जोखबहादुर महरा र एमालेको तर्फबाट संसदीय दलका नेता लिला गिरी मुख्यमन्त्रीका दाबेदार रहेका छन्।

No ads found for this position

डिसी नेपाल
Facebook Comment