‘राप्रपा कुनै पनि गठबन्धनमा सहभागी हुँदैन’
भरतपुर। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डेले आफ्नो पार्टी कुनै पनि गठबन्धन र सरकारमा सहभागी नहुने स्पष्ट गरेका छन्।
भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उपाध्यक्ष पाण्डेले राप्रपा आन्दोलनमा जाने घोषणाका साथ अघि बढेकाले पार्टी अहिले त्यसैमा केन्द्रित रहेको बताए।
उनले भने, ‘हामीले आन्दोलनको घोषणा गरिसकेका छौँ। चैत १६ गतेदेखि हाम्रो आन्दोलन सुरु हुन्छ। हामी कुनै पनि गठबन्धनको सरकारमा नजाने निर्णयमा अडिग छौँ।’
फरक प्रसंगमा उनले मिटरब्याजपीडित, महिला, गरिब किसानका पक्षमा सरकारले काम गर्नुपर्नेमा उनले जोड दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment