देशको सार्वभौमिकताको रक्षा गर्दै कुटनीतिक आचारसंहिता पालनाका साथ अघि बढ्छुः परराष्ट्रमन्त्री
काठमाडौं। नवनियुक्त उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले देशको सार्वभौमिकताको रक्षा गर्दै कुटनीतिक आचारसंहिता पालनाका साथ अघि बढ्ने बताएका छन्।
बुधबार सिंहदरबारमा पदबहाली गदै उनले यस्तो बताएका हुन्। अहिलेको भूराजनीतिक परिवेश र नेपालको राजनीतिक अवस्थितिमा ठूलो जिम्मेवारी रहेको भन्दै त्यसलाई केन्द्रमा राखेर काम गर्न उनले कर्मचारीलाई निर्देशन दिए। उनले अहिलेको अवस्थामा सबैले राष्ट्रका लागि योगदान दिनुपर्ने बताए।
दुई छिमेकी राष्ट्रहरुको सम्बन्धलाई उन्नत र सुदृढ बनाउन आफु लाग्ने उनको भनाइ छ । त्यस्तै उनले विश्वका सबै शक्तिशाली राष्ट्रहरु र सबै मित्रहरुसँग राम्रो सम्बन्ध बनाउदै अघि बढ्ने धारणा राखे।
यसअघि उनी उपप्रधान एवं गृहमन्त्री थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment