राष्ट्रिय खेलकुदको क्यालेन्डर बनाउन राखेपलाई खेलकुदमन्त्रीको निर्देशन
काठमाडाौं। नवनियुक्त युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले पदभार ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतलनिवासमा शपथ ग्रहण गरेलगत्तै सिंहदरबारस्थित मन्त्रालय पुगेर उनले पदभार ग्रहण गरेका हुन्। सो क्रममा उनले खेलाडीहरुको मनोबल बनाउन र खेल क्षेत्रको विकास गर्न राष्ट्रिय खेलकुदको क्यालेन्डर बनाउन राखेपलाई निर्देशन दिने निर्णय गरेका छन्।
उनले युवा र खेलकुद क्षेत्रको विकासका लागि सबैसँग सहकार्य गर्दै अघि बढ्ने बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment