झापा गोल्डकप : एन्फा मकवानपुरलाई हराउँदै झापा–११ सेमिफाइनलमा

डिसी नेपाल
२४ फागुन २०८० २१:०५
28
Shares

झापा। विर्तामोडस्थित डोमालाल रंगशालामा जारी छैटौँ झापा गोल्डकपमा झापा–११ फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ। आज भएको क्वाटरफाइनल खेलमा एन्फा मकवानपुरलाई ५–१ गोल अन्तरले हराउँदै झापा–११ सेमिफाइनलमा प्रवेश गरेको हो।

खेल प्रारम्भ भएको २४ औँ मिनेटमा आदित्य शाक्यले पहिलो गोल गरेर झापालाई अग्रता दिलाए भने खेलको ६६ औँ मिनेटमा अर्को गोल थपियो। खेलको ८३ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीले तेस्रो गोल गरे।

यस्तै खेलको अतिरिक्त समयमा झापाका लागि बबिन बोहोराले गोल गरेका थिए। अतिरिक्त समयमा नै झापाका लागि आशिष चापागाईंले गोल गरेका हुन्। झापाका लागि शाक्य, विदेशी खेलाडी हेरिसन, बुढाथोकी, बोहोरा र चापागाईंले एक–एक गोल गरेका हुन्।

खेलमा मकवानपुरले सान्त्वना एक गोल फर्कायो। खेलको ७९ औँ मिनेटमा मकवानपुरका ओस्कारले गोल गरे । अब पर्सी शनिबार झापा–११ चर्चब्वाइजसँग भिड्नेछ। आजको खेलमा समिराज थोकर म्यान अफ द म्याच भए। उनले नगद रु ११ हजार प्राप्त गरेका छन्।

भोलिको खेल झापा गोल्डकप चारपटक जितेको त्रिभुवन आर्मी र एपीएफ फुटबल क्लबबीच हुनेछ। विभागीय टोली त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बलको एपिएफ एफसी, चर्च ब्वाइज र झापा ११ अन्तिम चारमा पुगेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *