आजको मौसम : कोशी, बागमती र गण्डकीमा आंशिक बदली

डिसी नेपाल
२६ फागुन २०८० ७:२०
काठमाडौं। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आज आंशिक बदली रहने छ। अन्य भू-भागको मौसम भने मुख्यतया सफा रहने छ।
हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आइतबार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी  तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी  तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा  आंशिक बदली रहने छ भने बाँकी भू-भागमा मौसम सफा रहने छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *