कुवेतमा कारको ठक्करबाट ३ नेपालीको निधन

डिसी नेपाल
१ चैत २०८० १०:२१
164
Shares

काठमाडौं। कुवेतमा कारको ठक्करबाट तीन नेपालीको मृत्यु भएको छ। कुवेतको महाबुल्ला क्षेत्रको सी–साइड सडकमा तीव्र गतिमा आएको कारले ठक्कर दिँदा एकै कम्पनीमा कार्यरत ३ नेपालीको दुर्घटनास्थलमै निधन भएको हो।

दुर्घटनामा लयती पञ्चदेवल विनायक-५, अछामका सुरतबहादुर कठायत, नागार्जुन-२, काठमाडौँका सुजन कार्की र वेंगाडावर-३, धनुषाका धिरज गुर्मछान मगरको मृत्यु भएको हो। तीनै जना कुवेतको पापाजोन कम्पनीमा काम गर्थे।

स्थानीय नागरिक गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। कुवेतस्थित नेपाली दूतावासले मृतकका परिवार र उनीहरू काम गर्ने कम्पनीसँग सम्पर्क गरी शव नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *