धरानबाट घोरेटार जाँदै गरेको बाेलेरो दुर्घटना, ६ जनाको मृत्यु
भोजपुर। धरानबाट घोरेटार आउँदै गरेको बाेलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। धरानबाट भोजपुर आउँदै गरेको बाेलेरो उदयपुरको मैनामैनीमा दुर्घटना भएको हो।
बाेलेरोमा १४ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको खबर आएलगलगत्तै स्थानीयहरुसँग समन्वय गरी प्रहरीले उद्दार गरिरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक सुदिपराज पाठकले बताए।
मृत्यु हुनेको पहिचान भने खुल्न सकेको छैन। घटनास्थलमा उद्धारको कार्य भइरहेको र एम्बुलेन्स पनि पुगिसकेको पाठकले बताए। स्थानीयका अनुसार गाडी सडकबाट करिब ८०० मिटर तल भिरमा खसेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment