नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन, अध्यक्षमा अधिकारी

डिसी नेपाल
३ चैत २०८० १०:१३
विराटनगर। मोरङका साहित्यकार गोकुल अधिकारीको अध्यक्षतामा शुक्रबार नेपाली लेखक संघ कोशी प्रदेश समिति गठन भएको छ।
संघको उपाध्यक्षमा पाँचथरका समदर्शी काइँला  र झापाकी लता खरेल , महासचिवमा मोरङका मीनकुमार नवोदित, सचिवमा उदयपुरका वासुदेव उपाध्याय पोखरेल र कोषाध्यक्षमा मोरङकी लक्ष्मी रायमाझी चयन भएका छन्।
संघका केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठको उपस्थितिमा भएको अधिवेशनले कृष्ण अधिकारी (सुनसरी), मिलनकुमार ढुंगाना (झापा), पूजा बहार (सुनसरी), मनु विश्वकर्मा (धनकुटा), डा भेषराज खनाल(ओखलढुंगा), केजी सुब्बा (धनकुटा) र फणिराज नेपाल (संखुवासभा)लाई सदस्यमा चयन गरिएको निर्वाचन समितिका संयोजक प्राध्यापक कविराज न्यौपानेले जानकारी दिए।
अधिवेशनको उद्घाटन समारोहमा केन्द्रीय अध्यक्ष वरिष्ठ कवि तीर्थ श्रेष्ठ, सहअध्यक्ष रत्नमणि नेपाल, महासचिव मनोज न्यौपाने, प्रदेश अधिवेशन आयोजक समितिका संयोजक प्राज्ञ विवश पोखरेल, निर्वाचन समितिका सदस्य डा विमला श्रेष्ठ, प्राध्यापक गंगाधर कट्टेललगायतले शुभकामना मन्तव्य राखेका थिए।
विसं २००८ मा साहित्यकार बीपी कोइराला, लक्ष्मीप्रसाद देवकोटा, सिद्धिचरण श्रेष्ठ, गोविन्दबहादुर मल्ल  (गोठाले), विजय मल्ललगायत लेखक साहित्यकारको अग्रसरतामा सो संघ स्थापित भएको हो ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *