दीपक मनाङेले त्यागे एकीकृत समाजवादी, प्रदेशसभामा मागे स्वतन्त्र सांसदको हैसियत

डिसी नेपाल
४ चैत २०८० २३:५३

पोखरा। स्वतन्त्र निर्वाचित भएर नेकपा (एकीकृत समाजवादी)मा लागेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आइतबार आफू स्वतन्त्र नै रहेको भन्दै प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन्।

२०७९ मंसिरमा भएको निर्वाचनमा मनाङ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका उनले मुलुकमा परिवर्तित सत्ता गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भएकाले दलीय आबद्धता त्यागको दर्ता गरेको निवेदनमा उल्लेख गरेका छन् ।

उनले लेखेका छन्–‘स्वतन्त्ररूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा (एकीकृत समाजवादी) दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याई स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेस गर्दछु ।’

प्रदेशको सत्ता समीकरण समेत परिवर्तन भएकोले एक मत गण्डकीमा निर्णायक हुने अवस्थामा उनले दल त्यागेको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका ८, राप्रपाका २ र मनाङे एक सांसद छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *