मनकामना केबलकार एक दिनका लागि बन्द हुने

डिसी नेपाल
५ चैत २०८० १२:३७

मुग्लिन (चितवन)। मनकामना केबलकार एक दिनका लागि बन्द हुने भएको छ।

नियमित मर्मतसम्भार गर्नुपर्ने भएकाले यही चैत ७ गते एक दिनका लागि सेवा बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिले जनाएको छ।

नियमित मर्मतसम्भारका लागि एक दिन बन्द हुने सेवा चैत ८ गते बिहीबारदेखि नियमित सञ्चालनमा आउने प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।

गोरखाको सहिद लखन गाउँपालिका-३ स्थित प्रसिद्ध धार्मिकस्थल मनकामनामाइको मन्दिरमा पूजा गर्न जाने दर्शनार्थीको सहजताका लागि चितवनको इच्छाकामना-४ कुरिनटारबाट १० मिनेटमा पुग्नेगरी विसं २०५५ मा उक्त केबलकार सेवा स्थापना भएको थियो।

मनकामना केबलकार नेपालको पहिलो केबलकार हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *