बाँसबारी जग्गा हिनामिना प्रकरण : विनोद चौधरीसँग बयान लिइयो
काठमाडौं। बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबीले) बयान लिएको छ।
सरकारी जग्गा हिनामिना गरेको आशंकामा सिआइबीले चौधरीमाथि अनुसन्धान थालेको संसद् सचिवालयमार्फत सभामुख देवराज घिमिरेलाई जानकारी गराएसँगै आज बयान लिएको हो।
जिल्ला सरकारी वकील कार्यालयमा चौधरीसँग बयान लिन लिइएको सिआइबीका प्रमुख श्यामलाल ज्ञवालीले जानकारी दिए।
प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले उनी भाग्ने र प्रमाण नष्ट गर्ने अवस्था नरहेकाले उनलाई पक्राउ नगरी सिधै बयान लिइएको जानकारी दिए।
बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा विनोद चौधरी सञ्चालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडले गैरकानुनी रुपमा लिएको पाइएपछि अनुसन्धानका लागि उनको बयान लिइएको हो।
No ads found for this position

डिसी नेपाल
Facebook Comment