प्रथम तिलौराकोट गोल्डकप चैत्र १७ गतेदेखि

डिसी नेपाल
१४ चैत २०८० १२:२५

कपिलवस्तु । प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप–२०८० चैत्र १७ गतेदेखि शुरू हुने भएको छ ।

बुद्ध रंगशालामा बुधबार पत्रकार सम्मेलन गर्दै ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद’ भन्ने मुल नारासहित प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप फुटबल प्रतियोगिता चैत्र १७ देखि २४ सम्म सञ्चालन हुने जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले जानकारी दिएका छन् ।

अध्यक्ष थापाका अनुसार प्रतियोगितामा ‘ए’ डिभिजनका क्लबसहित ८ टोलीको सहभागिता रहने छ। जसमा थ्री स्टार क्लब, त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब, नेपाल पुलिस क्लब, हनामी बीएफसी, सुदूरपश्चिम-११, सहारा क्लब र आयोजक टिमबाट कपिलवस्तु –११ रहनेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ११ लाख ११ हजार १११ र दोस्रो हुनेलाई ५ लाख ५५ हजार ५५५ रुपैयाँ र शिल्ड, मेडल र प्रमाणपत्र दिइने अध्यक्ष थापाले जानकारी दिए ।

प्रथम कपिलवस्तु तिलौराकोट गोल्डकप व्यवस्थापन गर्नका लागि करिब १ करोड १८ लाख खर्च हुने अनुमान गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *