आयरल्याण्ड वोल्भ्सविरुद्ध टस जितेर पहिला बलिङ गर्दै नेपाल ए
काठमाडौं। नेपाल ए र आयरल्याण्ड वोल्भ्सबीचको टी-२० सिरिजको पहिलो खेल आज हुदैछ।
यस खेलमा नेपाल ए का कप्तान विनोद भण्डारीले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका छन्। योसँगै आयरल्याण्ड वोल्भ्सले पहिला ब्याटिंग गर्ने भएको छ।
यसअघि विहिबार हुने तालिका भएपनि बर्षाका कारण खेल हुन नसकेपछि नेपाल क्रिकेट संघ (क्यान) ले सार्बजनिक गरेको नयाँ तालिका अनुसार आज पहिलो खेल हुन थालेको हो ।
नयाँ तालिका अनुसार अब नेपाल ए आयरल्याण्ड वोल्भ्ससँग ३० मार्चमा दोस्रो र अप्रिल १ मा तेस्रो टी-२० खेल खेल्ने छ । त्यसैगरी अप्रिल ३, ५ र ७ मा एकदिवसीय सिरिजका खेल्ने तालिका रहेको छ ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment