आर्मीलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा

डिसी नेपाल
१७ चैत २०८० ६:४८

विराटनगर। त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै एनआरटी विराट गोल्डकपको क्वाटरफाइनलमा पुगेको छ।

विराटनगरस्थित शहिद रंगशालामा जारी विराट गोल्डकपको आठौँ संस्करणमा गएराती सम्पन्न खेलमा एनआरटीले आर्मी क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको क्वाटरफाइनलमा पुगेको हो।

एनआरटीको जितमा विदेशी खेलाडी रिचार्ड र आफिज ओलावाले एक एक गोल गरेका थिए। जितसँगै एनआरटीले आइतबार दोस्रो क्वाटरफाइनल खेलमा भारतको सिक्किम डेगानसँग प्रतिस्पर्धा गर्नेछ।

शनिबार पहिलो क्वाटरफाइनल खेल घरेलु टिम सङ्ग्रिला मोरङ फुटबल क्बल र भुटानको आरटीसी एफसी क्बलबीच हुनेछ। यही चैत २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विदेशी तीन टिमसहितका स्वदेशी ‘ए’ डिभिजनका १० टिमको सहभागिता रहेका छन्। गोल्डकपको विजेताले रु ११ लाख र उपविजेताले पाँच लाख ५० हजार पाउनेछन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *