माघेसंक्रान्तिको दिन खिचडी किन ?

अमेरिकाबाट नेपाली राशिफल

सूर्य मकर राशिमा प्रवेश गर्दा उत्तरायण सुरु हुन्छ। यस दिन सूर्यको उत्तर गोलमा प्रवेशका साथै जाडोको बिदा र शिशिर ऋतुको आगमनको स्वागतका लागि रंगीचंगी चंगाहरू उडाएर पवित्र नदी, जलाशय आदिमा स्नान गरिन्छ।

स्नानपछि भगवान् सूर्य आदिनाथको पूजा गरेर ऋतुको स्वागत गर्दै प्रकृतिको पूजा गरिन्छ। सम्पूर्ण ज्ञान, गुन, विद्या, बुद्धि, सीप, शिल्प, विद्याको स्रोत भगवान् हिरण्यगर्भ सूर्य जसको सप्तरंगी किरणले पृथिवीसहित सम्पूर्ण प्रकृति एवं ग्रह नक्षत्रहरूलाई सिञ्चन गरिरहेको हुन्छ।

त्यो प्रकाशकीय प्रभावले आरोग्यता, सुस्वास्थ्य र जीवनदानियी शक्ति अण्डज, पिण्डज, स्वेदज र उद्भिज जगत्ले प्राप्त गरिरहेको हुन्छ। शिशिर ऋतुको आगमनबाट मानिसमा चिसोको अधिकताले स्वास्थ्यमा आंशिक समस्या उत्पन्न हुँदा खिचडी खाने प्रचलन रहेको छ।

शरीरलाई न्यानो र स्वस्थ राख्नका लागि चामल, दाल, घ्यु र विभिन्न प्रकारका औषधि जडीबुटीहरूको समिश्रणबाट बनाइएको उत्तम पाक नै खिचडी हो। प्रातःकालमा पवित्र नदीमा स्नान गरेर खानाले सुस्वास्थ्य, दीर्घायु र तन्दुरुस्ती प्राप्त हुन्छ।

माघेसंक्रान्तिमा तिलको लड्डु किन ?

मानिसको शरीर अन्नमयकोष, प्राणमयकोष, ज्ञानमयकोष, विज्ञानमयकोष, आनन्दमयकोष र मनोमयकोषले बनेको हुन्छ। पृथिवी, जल, तेज, वायु, आकाश पाँच तत्व अंशका रूपमा शरीरमा रहेको हुन्छ।

ज्ञानद्वारा ज्ञानमयकोष, प्राणको क्रियाशीलताले प्राणमयकोष, विज्ञानको क्रियाशीलताले विज्ञानमयकोष, परमानन्दको अनुभूतिले आनन्दमयकोष, मनको शान्ति र सद्भावले मनोमयकोष पुष्ट हुन्छ। अन्नद्वारा अन्नमयकोष पुष्ट हुन्छ अर्थात् पोषया हुन्छ।

अन्नमयकोष पुष्टिका लागि हामीले विविध प्रोटिन, भिटामिन, मिनरल्सआदिले युक्त सामग्री खानुपर्दछ। शरीरको सुस्वास्थ्य र दीर्घायुका लागि मकरसंक्रान्तिको दिन विशेष गरी चाकु, तिलको लड्डु, तरुलआदि खानाले शरीरको अन्नमयकोषले पुष्टि प्राप्त गर्दछ।

सूर्य उत्तरायण प्रवेश गर्ने भएकाले ६ महिनासम्म सूर्यको गति उत्तर गोलमा रहने गर्दछ। यसक्रममा मौसम परिवर्तनको प्रत्यक्ष प्रभाव मानव शरीरमा पर्दछ। सुस्वास्थ्य र आरोग्यताका लागि मकरसंक्रान्तिको दिन तिलको लड्डु खानुपर्दछ।

ललाटमा तिलको भष्मको तिलक लगाउनुपर्दछ। तिलको झिक्रा बालेर ताप्नुपर्दछ। जसले शरीरका सम्पूर्ण अवयव र पाचनक्रियालाई व्यवस्थित गर्न सहयोग पुर्‍याउँदछ । तिलभित्र रहने औषधीय गुणका कारण शरीरलाई स्वस्थ बनाउन सहयोग गर्दछ। अतः मकरसंक्रान्तिमा तिलको लड्डुको अति नै महत्व छ।

सरस्वती पूजा किन?

माघ शुक्लपञ्चमीलाई श्रीपञ्चमी भनिन्छ। श्रीपञ्चमीका दिन महासरस्वतीको पूजा गरिन्छ। आश्विन शुक्लपक्ष अष्टमीका दिन महाकालीको पूजा गरिन्छ। कार्तिक आमावश्याको दिन महालक्ष्मीको पूजा गरिन्छ। माघ शुक्ल पञ्चमीका दिन महासरस्वतीको पूजा गरिन्छ।

महाकाली, महालक्ष्मी र महासरस्वतीको क्रमशः पहिले महाकालीशक्तिको आह्वान, त्यसपछि धनधान्यकी देवी महालक्ष्मीको आह्वान र ज्ञानगुन, विद्या, बुद्धि र शिक्षाका लागि महासरस्वतीको आह्वान गरिन्छ। महासरस्वती सम्पूर्ण सीप, शिल्प, कला, विद्या, ज्ञानआदिकी अधिष्ठातृ हुनुहुन्छ।

संसारमा जति पनि ज्ञानको स्रोत छ। त्यस स्रोतलाई प्रमुख रूपमा भगवती सरस्वतीले प्रदान गर्नुहुन्छ। मानव मस्तिष्कमा वीणा बजाएर तरंगित भगवतीको अनन्त शक्तिबाट हामी सञ्चालित छौं। संसारमा सुख, शान्ति, समृद्धि, उन्नति प्रगतिका लागि भगवतीकोआह्वान गरेर ज्ञान प्राप्त गर्न सकिन्छ।

विद्या, बुद्धि र ज्ञानकी देवी सरस्वतीको पूजा गरेर मानवलाई सुसभ्य, सुसंस्कृत बनाउन सकिन्छ भन्ने मान्यता रहेको छ। यस दिन बालबालिकाको उन्नतिका लागि अक्षरारम्भ र प्रगतिका लागि कर्णछेदन, सुस्वास्थ्यका लागि सरस्वतीको पूजा, ज्ञानवृद्धिका लागि स्वाध्याय गर्ने/गराउने सरस्वती पूजाको मूल ध्येय हो। विद्यार्थीको अध्ययन नै सरस्वतीको पूजा हो। कर्मकाण्ड विधिअनुसार धूप, दीप, नैवेद्य, अष्टोपचार, षोडशोपचार आदिबाट सरस्वतीको पूजा गर्नुपर्दछ।

स्वस्तिक पूजा किन ?

पूर्वीय दर्शनमा स्वस्तिकको विशेष महŒव छ। यसलाई सुदर्शन चक्रको प्रतीकका रूपमा लिइन्छ। यो धन, वैभव, ऐश्वर्य, सम्पन्नताआदि वृद्धिकारकका रूपमा पनि चिनिन्छ। स्वस्ति चारतिर फर्किएका चारवटा टुप्पा (मुख) ले चार दिशाको प्रतिनिधित्व गर्दछन्।

स्वस्तिकमा रहेको मध्यबिन्दुलाई पृथिवीको केन्द्रबिन्दुका रूपमा लिइन्छ। तसर्थ स्वस्तिकको पूजा गर्दा समस्त पृथिवीको नै पूजा हुने कुरा पनि यसबाट पुष्टि हुन्छ। गणेशपुराणमा स्वस्तिकलाई गणेशजीको स्वरूपको रूपमा लिइएको पाइन्छ।

कुनै पनि मांगलिक (जन्मोत्सव, विवाह, व्रतबन्धआदि) कार्यमा यसको स्थापना अनिवार्य मानिन्छ। स्वस्तिकमा विघ्ननाशक तत्वको बाहुल्यता हुने भएकाले यसको स्थापना, पूजनआदिलाई विशेष महत्व दिइएको स्पष्ट हुन्छ।

यसको वर्ण रातो हुन्छ। रातोले विजयको संकेत गर्दछ। स्वस्तिकमा चार दिशाबाट ऋद्धि, सिद्धि, शुभ लाभ प्रवेश गर्दछन्। यसका चारटुप्पामा पृथिवी, जल, तेज, वायु र मध्यभागमा आकाश तत्व बीजरूपमा रहेको हुन्छ।

यसलाई अष्टसिद्धिको निवास मानिन्छ । घरमा वास्तुदोष छ भने तामा या पञ्चधातुको स्वस्तिक घरको दैलोमाथि लगाउनुपर्दछ। दोषनिवारक, सुख, शान्ति र समृद्धिप्रदायकका रूपमा स्वस्तिकको पूजा गर्ने गरिन्छ।

चुनाव या निर्वाचनमा विजय प्राप्तिका लागि पनि स्वस्तिककोपूजा गर्नुपर्दछ। सम्पूर्ण कार्यसिद्धि र सम्पूर्ण तŒवको आह्वानका लागि स्वस्तिकको स्थापना गरिन्छ । जसले स्वस्तिकको स्थापना नगरी पूजा गर्दछ। त्यसको कार्य सफल हुँदैन। अतः स्वस्तिक पूजा अनिवार्य रहेको छ ।

विवाह गर्नुपूर्व चिना मिलान किन ?

विवाह गरेर मानिसले आफ्नो जीवनलाई समाजमा मर्यादित बनाउँन चाहन्छ। त्यस्तै हजारौं हजार वर्षको आफ्नो वंशको संस्कार संस्कृतिलाई अविच्छिन्न राख्न चाहन्छ।

यस्तो लक्ष्यले गृहस्थाश्रममा प्रवेश गर्दा केटाकेटी दुवैको चिना मिलान गर्नुपर्ने ज्योतिष शास्त्रीय विधान छ। मन पराएको केटी वा केटासँग ज्योतिषीलाई नहेराइ विवाह गर्दा के हुन्छ ? विवाह गर्दा चिना मिलान नगरे के हुन्छ।

जन्मसमयलाई आधार मानेर ज्योतिष शास्त्रानुसार चिना (जन्मपत्रिका) बनाइएको हुन्छ। चिनामा विवाहको गण गुण मिलापक चक्रअनुसार मंगलको प्रभाव गण, गुण, नाडी, योनी, भकूट, षडाष्टक, राशि स्वामी आदि हेरिन्छ।

केटा वा केटी मंगलीदोषयुक्त परेको चिनामा देखिन्छ र दोषनिवारणका उपाय गरिएको छैन,मङ्गली दोषले दिने दुस्प्रभाव भोग्नै पर्दछ, जसमा विवाह विच्छेद, वंश नाश, आदि दोष हुन्छ बाकी दोषले सन्तान प्राप्तिमा बाधा गर्दछ।

योनीले वैवाहिक पक्षमा विभेदता ल्याउँछ। एकअर्कासँग कुरो नमिल्दा व्यवहार सञ्चालनमा समस्या आउँछ। त्यस्तै षडाष्टक अर्थात् एउटा पति वा पत्नीको राशिबाट अर्काको पति वा पत्नीको छैठौं वा आठौं राशि परेमा पनि व्यवहारिक जीवनमा समस्या आउँछ।

तथापि प्रीति षडाष्टक परेको छ भने विवाह गर्न सकिन्छ। मृत्यु षडाष्टक भए विवाह गर्नु हुँदैन। यदि केटा केटीको संंस्कार, संस्कृति, रीतिरिवाज, रगत समूह मिल्दछ भने ज्योतिषीसँग परामर्श गरेर विवाह गर्न सकिन्छ।

अप्रिल १ देखि १५ सम्मको राशिफल

मेष राशि : चु,चे,चो,ला,लि,लु,ले,लो,अ

अचल सम्पत्ति जोड्ने योग छ। साथीभाई तथा मित्रहरु बढ्नेछन्। नयाँ कामको थालनी हुनेछ। कार्य व्यस्तता बढ्ने  छ। न्यायिक क्षेत्रमा सफलता पाइने छ। शारीरिक आलस्यताले सताउला। अध्ययन अध्यापनमा समय बित्नेछ। माता पिताबाट राम्रो सहयोग पाइनेछ। शत्रुमाथि तपाईंको विजय हुनेछ। भाग्योदयको योग देखिन्छ।

वृष राशि : इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

आफूले थालेको काम सफल हुनेछ । शत्रुहरु बढे पनि विजय तपाईंको हुनेछ। आफन्तको सहयोगले विशिष्ट कार्यको थालनी होला। मित्रहरुबाट सहयोग मिल्नेछ। अधुरा कार्यहरु पूरा हुनेछन्। स्वास्थ्यमा सामान्य समस्या आउनेछ। अचल सम्पत्ति खरिद विक्री हुने देखिन्छ। विपरित लिंगीहरुबाट चाँहिदो सहयोग मिले पनि दृढ विश्वास गर्नु ठीक नहोला ।

मिथुन राशि  : का,कि,कु,घ,ङ,छ,के,को,हा

गरेका कार्यबाट यथेष्ट सफलता मिल्नेछ । धार्मिक कार्यमा रुचि बढ्नेछ। सन्तान प्राप्तिको योग छ। आफन्तबाट चाहिँदो सहयोग पाइने छ। पठन पाठनमा सुधार हुनेछ। पठनपाठनको क्षेत्रमा गरेको लगानीबाट प्रसस्त लाभ हुनेछ। आम्दानीको नयाँ स्रोत पनि फेला पर्नेछ। समाजमा मान प्रतिष्ठा बढ्नेछ।

कर्कट राशि : हि,हु,हे,हो,डा,डि,डु,डे,डो

अध्ययन अध्यापनमा सफलता मिल्ने छ। मित्र एवं आफन्तसँग रमाइलो भेटघाट होला। व्यापार व्यवसायमा सुधार आउनेछ। सभा सम्मेलनमा सहभागी हुनु पर्ने देखिन्छ। पराक्रम बढ्नेछ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। स्वास्थ्यमा सुधार आए पनि खर्चमा वृद्धि हुनेछ।

सिंह राशि : मा,मि,मु,मे,मो,टा,टि,टु,टे

आफन्तहरुले धोका दिन सक्नेछन्। शत्रूहरु बढे पनि विजय नै हात लाग्नेछ। विदेश यात्राको योग रहेको छ। सरसामान हराउन सक्नेछ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। अचल सम्पत्ति प्राप्ति हुने योग देखिन्छ। आय आर्जनमा वृद्धि हुनेछ। मनमा चिन्ता बढ्ने देखिन्छ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ।

कन्या राशि : टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

धार्मिक यात्राको योग रहेकोछ। व्यापार व्यवसाय सामान्य रहनेछ। आफन्तको सहयोगमा महत्वपूर्ण कार्य सम्पत्र हुनेछ। पारिवारिक झमेला बढ्न सक्ला। स्वास्थ्यमा सुधार हुनेछ। मनमा खिन्नता बढ्ने देखिन्छ। शिक्षामा सफलता नै मिल्नेछ। समाजमा पद प्रतिष्ठा र मान सम्मान पाउने छ । बौद्धिक तर्क वितर्क बढ्नेछ।

तुला राशि : रा,री,रु,रे,रो,ता,ती,तु,ते

अकस्मात धनागमको योग देखिन्छ । शत्रुहरु परास्त हुनेछन्। पठन पाठनमा सामान्य रहला। सामाजिक कार्यमा संलग्न हुनु पर्नेछ। मान सम्मान प्राप्तिको योग पनि रहेको छ। वैचारिक सद्भाव बढ्नेछ। खर्चमा वृद्धि हुनेछ। सुखद यात्राको योग रहेकोछ। साथीभाइको सहयोग यथेष्ट मिल्नेछ। गीत-संगीतमा रुचि बढ्नेछ।

वृश्चिक राशि  : तो,ना,नी,नू,ने,नो,या,यि,यू

आफन्तहरुको सहयोग यथेष्ट पाइनेछ। अकस्मात् धनागमको योग देखिन्छ। यात्रा गर्दा सावधानी अपनाउनु राम्रा्े होला । आज व्यापार व्यवसायमा वृद्धि हुनेछ। धार्मिक कार्यमा रुचि बढ्नेछ । राज्यबाट मान सम्मान पाउने योग छ। अध्ययन अध्यापनमा सफलता मिल्ला। जागिरमा पदोन्नति भइ स्थान परिवर्तन हुने छ । कार्यमा उत्साह र विश्वास बढ्नेछ।

धनु राशि : ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

पारिवारिक सम्बन्ध सुमधूर बत्रेछ। अध्ययन अध्यापनमा सफलता नै मिल्ने देखिन्छ। दाम्पत्य जीवन सुखमय बत्रेछ। मान सम्मानमा वृद्धि हुनेछ। यात्रामा सफलता मिल्नेछ। व्यापारमा लाभ मिल्नेछ। आर्थिक क्षेत्र सबल बत्रेछ । साथीभाईको सहयोग मिल्नेछ। वैदेशिक यात्रामा जाने योजना बन्ला।

मकर राशि : भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

सन्तानसुख प्राप्त हुनेछ। व्यापार व्यवसायमा सामान्य देखिन्छ । चौपाया वा दोपायाबाट भय रहला। सामाविजक लोकोपवाद लाग्न सक्ला। आर्थिक पक्षमा सुधार आउनेछ। पठन पाठनका लागि वैदेशिक यात्राको योग बन्नेछ । दाहिने अंगमा समस्या देखा पर्न सक्छ सजग रहनु उपयुक्त रहनेछ। नयाँ कार्यको थालनी हुनेछ। गरेका कार्यहरु सफल हुनेछन्।

कुम्भ राशि : गु,गे,गो,सा,सी,सु,से,सो,द

पठन पाठनमा सामान्य रहला । सामाजिक कार्यमा संलग्न हुनु पर्नेछ। मान सम्मान प्राप्तिको योग पनि रहेको छ। वैचारिक सद्भाव बढ्नेछ। खर्चमा वृद्धि हुनेछ। सुखद यात्राको योग रहेकोछ । साथीभाईको सहयोग यथेष्ट मिल्नेछ। गीत-संगीतमा रुचि बढ्नेछ। अकस्मात धनागमको योग देखिन्छ। शत्रुहरु परास्त हुनेछन्।

मीन राशि : दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

साथीहीको सहयोग प्राप्त हुनेछ। अध्ययन अध्यापनमा अवरोध देखिएला या देखिएला। सन्तानबाट सहयोग नपाइएला। धन मान प्राप्तिको योग, सामाजिक तथा राजनीतिक दायित्व बढ्ने देखिन्छ। अनावश्यक खर्चमा वृद्धि। व्यापार व्यवसायमा लाभ नै हुने देखिन्छ। शत्रुहरु शरणमा आउनेछन्। स्वास्थ्यमा सामान्य हुनेछ। धर्ममा रुचि बढ्नेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *