आयरल्याण्ड ‘ए’विरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

डिसी नेपाल
२३ चैत २०८० ९:४४
24
Shares

काठमाडौं। आयरल्याण्ड ‘ए’ विरुद्धको दोस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ टिमले टस जितेर पहिले बलिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज हुने खेलमा नेपाल ‘ए’का कप्तान विनोद भण्डारीले टस जितेर आयरल्याण्ड ‘ए’लाई ब्याटिङको निम्तो दिएका छन्।

शृङ्खलाको पहिलो खेलमा आयरल्याण्ड ‘ए’ २१ रनले विजयी भएको थियो। यसअघि भएको टी-२० शृङ्खलामा आयरल्याण्ड ‘ए’ नेपाल ‘ए’ माथि २–१ को जित निकालेर प्रतियोगितामा कब्जा जमाएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *