नेपाल आँखा अस्पताल ५१औं वर्षमा : हालसम्म ३४ लाखले पाए आँखा जाँचको सेवा

डिसी नेपाल
२५ चैत २०८० २३:२९
232
Shares

काठमाडौं। त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पताल ५१औं वर्षमा प्रवेश गरेको छ ।

विसं २०३० चैत २६ गते स्थापित यस अस्पतालबाट हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाले आँखा जाँचको सेवा लिएका छन् । यसैगरी हालसम्म एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरिएको छ।

स्वर्ण महोत्सवको पूर्वसन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा अस्पतालका आँखा सेवा नपाएका धेरै अझै पनि समुदायमा रहेको, उपचारको दायरामा आउन नसकेको र घरघरमा गएर आँखासम्बन्धी स्वास्थ्य सचेतना प्रदान गर्न पहल भैराखेको जानकारी दिइयो ।

पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलल भने, “काठमाडौँ महानगरपालिकाको वडा नं ११ लाई मोतिबिन्दुरहित क्षेत्र बनाउने अभियानमा छौँ । वडा र अस्पताल मिलेर त्यहीँको स्वयंसेवी खटाइ विवरण लिने र आवश्यकलाई सहुलियतसहित उपचार सेवा दिइरहेका छौँ ।”

उनले यो कार्यक्रम सुरु भएको छ महिनामा १२ सय जनाको परीक्षण गरिएकामा ३४ जनाको शल्यक्रिया भएको जनाए। अस्पतालका बोर्ड सचिव युद्धध्वज सापकोटाले पैसा नभएका कारणले कुनै पनि बिरामी सेवा नपाइ फर्किनु नपरेको बताए।

उनले भने, “हामीले आधुनिक प्रणालीबाट सहुलियत शुल्कमा विशेषज्ञ सेवा दिइरहेका छौँ । दैनिक चार सयदेखि सात सय जनालाई बहिरङ सेवा लिइरहेका छन्।”

पत्रकार सम्मेलनमा अस्पतालले आगामी वैशाख १ गतेदेखि विस्तारित क्लिनिक पनि सेवा सुरु गर्ने जानकारी दिइयो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *