संस्थागत विद्यालयलाई उछिन्दै मावि सेन्टर, पठनपाठनमा अब्बल

डिसी नेपाल
२७ चैत २०८० १०:५१

दाङ। सामुदायिक विद्यालयमा पढेका विद्यार्थीको पढाइ राम्रो हुँदैन भन्ने आम अभिभावकको सोचाइमा परिवर्तन ल्याउन सफल भएको छ माबि सेन्टर। दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं ६ स्थित माध्यमिक विद्यालय तुलसीपुर सेन्टर पढाईमा मात्र होईन खेलकुद , संगीत , कलामा समेत अब्बल बन्दै गएको छ ।

दाङका संस्थागत बिद्यालयलाई उछिन्दै यो बिद्यालय अघाडी बढेको छ । विद्यालयका प्रधानाध्यापक, शिक्षक, व्यवस्थापन समिति र समुदायबीचको राम्रो अन्तरसम्बन्धका कारण व्यवस्थापन र गुणस्तर दुवैमा उल्लेख्य सुधार हासिल गर्दै गएको छ। प्राविधिक मैत्री बातावरणमा प्राबिधिक शिक्षा नियमित शुल्ककै हाराहारीमा पढ्न पाईने ब्यबस्था गरेको प्रधानाध्यापक भागवत पौडेलले पत्रकार सम्मेलन गरि जानकारी गराएका छन्।

माध्यामिक द्यिालय सेन्टर तुलसीपुरमा कार्यरत शिक्षक तथा कर्मचारीहरुले आफ्नो छोराछोरीलाई सरकारी स्कुलमा बढाउनु पर्ने निर्णय गरेको छ । यही शैक्षिक सत्रदेखि सरकारी विद्यालयको शैक्षिक गुणस्तर सुधार्नका लागि विद्यालयमा कार्यरत शिक्षकहरुलाई अनिवार्य सरकारी स्कुलमा पढाउनु पर्ने निर्णय गरेको हो। विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ र शिक्षक कर्मचारीहरुको सल्लाह बमोजिम आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमै पढाउने निर्णय गरेका हुन् ।

समयानुकूल प्रविधिको प्रयोगमा विद्यालयले जोड दिन थालेपछि विद्यार्थीको सङ्ख्यालाई थेग्न कठिन भएको प्रधानाध्यापक पौडेलले जानकारी गराए । शैक्षिक प्रयोजनका लागि व्यवस्थित प्रयोगशाला , ईच्छा अनुसार शैक्षिक सत्र २०८१ देखि विद्यालयमा नेपाली, अंग्रेजी र विशिष्ट अंग्रेजी गरी तीन श्रेणीमा पढाइ हुने जानकारी दिए ।

विद्यार्थीको संख्या बढाउने भन्दा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नेमा आफुहरुको ध्यान केन्द्रित रहेको प्रधानाध्यापक भागवत पौडेलले बताएका छन् । विद्यार्थी धेरै भएपछी गतबर्ष मात्रै १ हजार भन्दा धेरै विद्यार्थीलाई भर्ना गर्न नसकेर फिर्ता गर्नुपरेको उनले बताए। विद्यालयमा संस्थागत बिद्यालय भन्दा सामुदायीक बिद्यालयबाट आउने लाई प्राथामिकतामा राख्ने उनको भनाइ थियो।

सरकारी विद्यालयले अभिभावक तथा विद्यार्थीको विश्वास गुमाउदै गएको अवस्थामा मावि तुलसीपुर सेन्टरले सुधारको प्रयास स्वरुप विभिन्न कार्यक्रम अघि बढाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखतराम पौडेलले बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *